११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो । हाल गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या जम्मा १५५२ पुगेको छ ।  संक्रमितहरु सबै पोखरा महानगरपालिकाका हुन् । 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या १३५४ पुगेको छ ।