४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

नेपालमा पहिलो पटक वातावरण मैत्री ईटा उत्पादन (फोटोफिचर)

नेपालमा पहिलो पटक वातावरण मैत्री ईटा उत्पादन (फोटोफिचर)
अ+ अ-

गोर्खा । गोर्खाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो । 

नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी बीना नयाँ प्रविधि मार्फत इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इट्टा उत्पादन शुरु गरेको छ । उक्त कम्पनीले नेपालमा पूर्वाधार निर्माणको लागि असल इट्टा पद्दतिबाट प्रविधि तथा वातावरणमैत्री इट्टा उत्पादन गर्न शुरु गरेको बताएको छ । कोरियामा सन् २००८ मा स्थापना भएको इन्नोसीएसआर कम्पनी नेपालमा २०१८ आएको थियो । अहिले उक्त कम्पनीले नयाँ  प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट इँटा उत्पादन शुरु गरिसकेको छ । कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियन प्रविधिको प्रयोगबाट बिना आगोमा नपोली इट्टा उत्पादन शुरु गरिएको बताउनु भयो । उहाँले नेपालमा चिम्नी मार्फत इँटा उत्पादन गर्ने गरेकाले वातावरण प्रदुषण गर्ने गरेकाले थोरै भए पनि वातावरण प्रदुषण कम गरौं पूर्वाधार निर्माणमा नयाँ प्रविधि युक्त वातावरण मैत्री इँटा प्रयोग बढाउने उदेश्यले इँटा उत्पादन शुरु गररिएको दाबी गर्न भयो । उहाँले सरकारसँग वातावरण मैत्री इँटा ठूला पूर्वाधार निर्माण प्रयोग बढाउने विषयमा समन्वय गर्ने काम भइरहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ शुरुमा चिम्नीको उद्योग नै सञ्चालन गर्ने तयारी गरेको थियौं  अध्ययन गर्ने क्रममा नयाँ प्रविधि थाहा पाएपछि प्रविधिको प्रयोगबाट इट्टा उत्पादन शुरु गरियो । ग्राहकलाई नयाँ प्रविधिले बनेको इँटा वातावरण मैत्री हुन्छ भन्ने गरेका छौं । हामीले वातावरणमा थोरै भए पनि प्रदुषण कम गरौं भन्ने हिसाबले नयाँ टेक्नोलोजी प्रयोगबाट वातावरण मैत्री इँटा उत्पादन गरिरहेका छौं । बजारमा ग्राहकहरुले मन पराउनु भएको छ । सरकारसँग ठूला पूर्वाधार निर्माण्को लागि वातावरण मैत्री इँटा पयोग गर्नु पर्छ भन्ने नीति ल्याएउनु आवश्यक छ । त्यसको लागि सरकारसँग समन्वय भइरहेको छ । तर सरकारको काम ढिलासुस्ती रहेको छ । सरकारले वातावरण मैत्री इँटा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ ।’

त्यस्तै, कम्पनीका अर्का सञ्चालक हरिराम श्रेष्ठले कम्पनीले उत्पादन गरेको इट्टा गाच्छेपानी र लमजुङमा ढुवानी हुने गरेको बताउनु भयो । उहाँले धेरै खालका मानिसहरु उद्योगको विषयमा बुझ्न आउँदा नाफा र बजारको विषयमा कुरा उठाउने गरेको बताउनु भयो । सञ्चालक श्रेष्ठले कम्पनीले रकम अभावको कारण धेरै काम गर्न नसकेको बताउनु भयो । उहाँले अहिले इट्टाको रङलगायत अन्यमा विभिन्न प्रतिक्रिया भन्दा बाहेक अन्य गुनासो नभएकाले बजारको प्रतिक्रिया सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रविधि मैत्री र वातावातरणमैत्री उत्पादन शुरु गरेकाले आगामी दिनमा धेरै राम्रो बजार लिने अपेक्षा गरेको छ । इँटा उद्योग हेर्न विभिन्न खालमा मान्छे आएका छन । तर उनीहरुले बजारमा सप्लाई कति छ  र नाफा कति आउँछ भन्ने मात्रै आएका छन् । तर हामीलाई राम्रो छ ।तर पैसाको अभावमा सबै काम गर्न सकिएको छैन । अब यसको आवश्यक छ यो वातावरण मैत्री इँटा हो ।  

त्यस्तै कम्पनीका इन्जिनियर रमेश न्यौपानेले परिक्षण गरेको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर  मिसाएर नयाँ प्रविधि मार्फत इँटा उत्पादन गरिनेएको बताउनु भयो । उहाँले इँटा उत्पादन गर्दा ९० प्रतिशत माटो बाँकी सिमेन्ट प्रयोग गर्ने गरिएको जानकारी दिनु भयो । यो इँटा उत्पादन गर्दा आगोमा पोल्नु पर्दैन त्यसले गर्दा वातावरण प्रदुषण कम हुने तथा उद्योगको लागि सानो जग्गामा पनि इँटा उत्पादन गर्न सकिने उहाँको भनाई छ ।

इन्जिनियर न्यौपानेले भन्नुभयो,‘ परिक्षण भएको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर  मिसाएर बनाउने प्रविधि हो । यो इँटामा ९० प्रतिशत माटो प्रयोग गरिको हुन्छ । सिमेन्ट ९.८ प्रतिशत मिसाउँछौं । कम्पनीको सोयल स्टेवलाइजर प्रयोग गरेर अटोमेटिक प्रविधिबाट इँटा बनाउने गरिन्छ । नेपाली बजारको रुपमा हेर्दा पाकेको इँटासँग तुलना गछौं । त्यो इँटासँग तुलना गर्दा सोयल स्टेवलाइजर  इँटा पोल्नु पर्दैन । पोल्नु नपर्दा ठूलो क्षेत्रलाई धुलोबाट बच्न सक्यो । साना जग्गामा इँटा उद्योग सञ्चालन गर्न सकियो । उद्योगबाट ध्वनीप्रदुषण पनि हुँदैन । पोलेको इँटा पोलेपछि माटोको रुपमा र्फिता गर्न सकिदैन । तर सोयल स्टेवलाइजर इँटा माटो नै हो ।’

नेपालमा सन् २०१८ बाट इन्नोसीएसआरले इँटा उद्योग स्थापना गरे पनि कोरोना महामारीको कारण उत्पादन गर्न नसेको तर पछिल्लो ४ महिनामा १० लाख इँटा बजारमा पठाएको कम्पनीले बताएको छ । कम्पनीले ९० प्रतिशत माटो, ९.८ प्रतिशत सिमेन्ट र ०.२ माटो स्टेबलाइजरको मिश्रणबाट स्वचालित मेसिनबाट इट्टा उत्पादन गर्ने गरेको छ । यस्तो इँटा उद्योग वातावारणमैत्री, सानो जग्गामा सहजै उत्पादन हुने र ध्वानी प्रदुषण पनि कम गर्ने कम्पनीले बताएको छ । कोरियन प्रविधिको प्रयोगबाट स्वचालित मेसिनबाट प्रतिघण्टा ३५ सय इट्टा उत्पादन गर्ने सकिने कम्पनीले बताएको छ । कम्पनीले उत्पादन गरेको इट्टामा ९ देखि ९.५ एमपीए रहेकाले गुणस्तरिय रहेको कम्पनीले बताएको छ । कम्पनीले उत्पादनसँगै उद्योग सञ्चालन गर्ने चाहने व्यक्तिलाई पनि उद्योग सञ्चालनका लागि सहयोग गर्ने बताएको छ । आगोमा नपोको इँटा चिम्नी मार्फत उत्पादन गरिएको इँटा जस्तै  ५० देखि ६० वर्षको आयु हुने कम्पनीले बताएको छ ।