११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ



अ+ अ-

कैलाली । कैलालीमा बलात्कारको आरोपमा भजनी नगरपालिका–४ का वडा सचिव पक्राउ परेका छन् । वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

‘चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ,’ उनले भने, ‘आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ थप कुरा अनुसन्धान पछि खुल्ने छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।