५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप ३८१ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार ६ हजार ३ सय ५९ पीसीआर परीक्षणमा ३ सय ८१ जना संक्रमित थपिएका हुन । आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।

आज देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन ।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन ।

बुधबार देशभरीका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन ।