११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थपिए ६२ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । आज (बुधबार) काठमाडौं उपत्यकाकामा ६२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जना संक्रमित थपिएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। मंगलबार पनि उपत्यकामा ६२ जना व्यक्तिमा संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा संक्रमण बढिरहेको छ। आज देशभर भने ३ सय ८१ जना संक्रमित थपिएका छन्।