११ आश्विन २०८१, शुक्रबार
,
Latest
भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारदेखि राजधानीमा जाेर बिजाेर



अ+ अ-

काठमाडाैंः गृह मन्त्रालयले काठमाडाैं उपत्यका र काेभिड १९ काे २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा बिहीबारदेखि जाेर बिजाेर प्रणाली अनुसार सार्वजनिक र निजी सवारी मात्र चलाउन दिन निर्णय गरेकाे छ ।

मन्त्रालयले बुधबार जारी गरेकाे विज्ञप्तिमा यी स्थानमा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा याे नियम लागू हुने उल्लेख छ ।

यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएकाे गृहकाे भनाइ छ ।

साथै काठमाडाैं प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुबाहक सवारी साधनहरूलाइ बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएकाे व्यवस्थालाइ अझ कडाइ गर्ने निर्णय भएकाे छ ।

काेभिड १९ काे संक्रमणकाे जाेखिम विश्लेषण गरी जाेखिम बढेकाे क्षेत्र र स्थानलाइ जिल्ला काेभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरून्त बन्द गर्ने, काेभिड१९ काे थप परीक्षणकाे व्यवस्था मिलाउने निर्णय पनि भएकाे छ । सरकारले यसअघि नेपालभर एकसाथ लकडाउनकाे सम्भावना रहेकाे चर्चा गरिए पनि अब जिल्लास्तरमा आवश्यकताका आधारमा मात्र लकडाउन हुनेछ ।

हाेटल, रेस्टुराँमा हुने सामूहिक भाेज, पार्टी, सेमिनार वा यस्तै प्रकृतिका सामूहिक भेला निषेध गर्ने, अन्तरराष्ट्रिय सीमाबाट हुने आवतजावतलाइ अझ कडाइ गर्ने, जनस्वास्थ्य मापदण्ड अझ कडा तुल्याउने, मास्क नलगाउनेमाथि थप जरिवाना गर्ने तथा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, संस्था वा समूह भए साेकाे संचालक समेतलाइ कारबाही गर्ने गृहले जनाएकाे छ ।