१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बिहीबारदेखि राजधानीमा जाेर बिजाेर

बिहीबारदेखि राजधानीमा जाेर बिजाेर
अ अ+ अ-

काठमाडाैंः गृह मन्त्रालयले काठमाडाैं उपत्यका र काेभिड १९ काे २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा बिहीबारदेखि जाेर बिजाेर प्रणाली अनुसार सार्वजनिक र निजी सवारी मात्र चलाउन दिन निर्णय गरेकाे छ ।

मन्त्रालयले बुधबार जारी गरेकाे विज्ञप्तिमा यी स्थानमा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा याे नियम लागू हुने उल्लेख छ ।

यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएकाे गृहकाे भनाइ छ ।

साथै काठमाडाैं प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुबाहक सवारी साधनहरूलाइ बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएकाे व्यवस्थालाइ अझ कडाइ गर्ने निर्णय भएकाे छ ।

काेभिड १९ काे संक्रमणकाे जाेखिम विश्लेषण गरी जाेखिम बढेकाे क्षेत्र र स्थानलाइ जिल्ला काेभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरून्त बन्द गर्ने, काेभिड१९ काे थप परीक्षणकाे व्यवस्था मिलाउने निर्णय पनि भएकाे छ । सरकारले यसअघि नेपालभर एकसाथ लकडाउनकाे सम्भावना रहेकाे चर्चा गरिए पनि अब जिल्लास्तरमा आवश्यकताका आधारमा मात्र लकडाउन हुनेछ ।

हाेटल, रेस्टुराँमा हुने सामूहिक भाेज, पार्टी, सेमिनार वा यस्तै प्रकृतिका सामूहिक भेला निषेध गर्ने, अन्तरराष्ट्रिय सीमाबाट हुने आवतजावतलाइ अझ कडाइ गर्ने, जनस्वास्थ्य मापदण्ड अझ कडा तुल्याउने, मास्क नलगाउनेमाथि थप जरिवाना गर्ने तथा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, संस्था वा समूह भए साेकाे संचालक समेतलाइ कारबाही गर्ने गृहले जनाएकाे छ ।