• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै

कास्की एमाले अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर गुरुङ विजयी



पोखरा । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । 

एमाले नेता पृथ्वीसुब्बा गुरुङ निकटमन गुरुङले ४५६ मत ल्याई विजयी भएका हुन् । उनका प्रत्यासी दामोदर बैरागीले ४०७ मत ल्याए । बैरागी खगराज अधिकारी निकट हुन् । 

उपाध्यक्षमा प्रभा कोइरालालाई ८ मतान्तरले पराजित थरी तेजनारायण अधिकारी विजयी भएका छन् । अधिकारीले ४२१ मत पाए । सचिवमा वैनबहादुर अधिकारी ४७५ मतसहित विजयी भए भने उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) मतसहित निर्वाचित भए । 

पदाधिकारी जितेकामध्ये उपाध्यक्ष अधिकारीमात्र मनबहादुर प्यानलका हुन् । अन्य विजयीहरु अध्यक्षमा पराजित उम्मेदवार बैरागी समूहका हुन् ।

मनबहादुर केन्द्रीय नेता पृथ्वीसुब्बा गुरुङको निकट छन् भने अर्का उमेदवार दामोदर बैरागी खगराज अधिकारीसँग निकट छन् । दुवै ओलीनिकट रहेपनि निर्वाचनमा प्यानलै बनाएर चुनावमा उत्रिएका थिए ।