२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशन नियन्त्रणमुखी भयोः रास्वपा सांसद गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रास्वपाको बुझाइमा चुनौतिपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाउनु भयो । उहाँले कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महशुस आफूहरुले गरेको बताउनु भयो । उहाँले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महशुस गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतिपूर्ण हामीले देख्यौँ । कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महशुस भयो । अन्यथा धेरै विषयहरु अलि नियन्त्रणमुखी ढंगबाट प्रश्तुत भए भन्ने बुझाइ छ । हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रिया हामीले अलिकति नियन्त्रण महशुस गरिरहेका हौँ । त्यसकारण संसदको गएको अधिवेशन अभ्यासका हिसावले निकै चुनौतिपूर्ण, नियन्त्रणमुखी भएको महशुस गरेका छौँ ।’

उहाँले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।