२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बोहराको शव भैरहवा लगियो



अ+ अ-

काठमाडौँ । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिएको छ ।

श्रद्धाञ्जलीका लागि आज उहाँको शव गृहनगर लगिएको हो । रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा उहाँको शव राखिनेछ ।

उहाँको शव आज साँझै काठमाडौं ल्याइने राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।