२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिँदै



अ+ अ-

काठमाडौँ । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिने भएको छ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने भएको हो ।

उनको शव भोलि (बुधबार)बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइनेछ । दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।