१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राप्रपा सांसद बोहराको निधनमा प्रतिनिधि सभाद्वारा शोक प्रश्ताव पारित

राप्रपा सांसद बोहराको निधनमा प्रतिनिधि सभाद्वारा शोक प्रश्ताव पारित
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक प्रश्ताव पारित गरेको छ ।

मंगलवार बसेको सभाको बैठकले सर्वसम्मतले शोक प्रश्ताव पारित गरेको हो । २०७९ मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभामा निर्वाचित हुनुभएका बोहराको मंगलवार नै उपचारका क्रममा निधन भएको हो । बोहरा विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री भइसक्नुभएको थियो । बोहराको ७४ वर्षको उमेरमा भएको जानकारी सदन समक्ष गराउँदै सभामुख घिमिरेले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभामा निर्वाचित सदस्य, विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री रहनुभएका नेपाली राजनीतिका एक महत्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै मिति २०८१ साल चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’

संसद बैठकमा संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपति कार्यालयको सूचनासमेत सभामुख घिमिरेले पढेर संसदमा सुनाउनु भयो ।