२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन कार्कीले फिल्म ‘एनिमल’बाट बलिउडमा डेब्यु गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली फिल्मी जगतका ‘भर्सटायल’ कलाकार विपिन कार्कीले बलिउड‍ फिल्ममा अभिनय गर्ने भएका छन् । 

कार्कीले बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका हुन्।

उक्त फिल्ममा भारतीय कलाकार अनिल कपुर, रणवीर कपुरलगायतको अभिनय रहनेछ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने बताइएको छ ।

कार्कीले फिल्मको लागि अगस्टमा मुम्बई आउन प्रस्ताव आएको जानकारी दिए ।

पशुपतिप्रसाद, जात्रैजात्रा, छड्केजस्ता फिल्मबाट आफ्नो छुट्टै पहिचान बनाएका विपिन कार्कीले सन् २०१२ मा रिलिज भएको फिल्म ‘लुट’बाट नेपाली सिने जगतमा पाइला टेकेका हुन् । त्यसअघि उनी थियटरमा काम गर्थे ।