११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड निवासमा खटिएका छ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखियो



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष ‘प्रचण्डको निवास खुमलटारमा सुरक्षार्थ खटिएका छ जना प्रहरीलाई कोरोना पोजेटिभ देखिएको छ । प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । 

नेपाल प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएपछि बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । यसमध्ये ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको आज बताइएको हो । 

तर प्रचण्डको परिवारका सदस्यहरुमा भने कुनै सदस्यलाई संक्रमण नदेखिएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका प्रहरीका बारेमा भने केही बताइएको छैन ।