४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने



अ+ अ-

पोखरा । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिए। 

निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको  छ । तीमध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ ।  गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ३६२ निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । 
    
त्यसैगरी क्वारेन्टिनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २९१ र तेस्रो मुलुकबाट पाँच हजार १०४ जना आएको तथ्याङ्क छ । प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिने जिल्लामा कास्कीमा एक, पर्वतमा एक, गोरखामा छ र नवलपुरमा तीन सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका एक सङ्क्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष रहेका छन् ।

जनस्वास्थ्यको मापदण्डानुसार २०० जनाभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ । मन्त्रालयका अनुसार २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २०० जना सक्रिय कोरोना सङ्क्रमित नभएकाले जोरबिजोर लागू नहुने बताए ।