११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा अध्यक्ष दहाल र परिवारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दहालको कोरोना परिष्ँण रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष दहालको सचिवालयका तर्फ बाट छोरी गंगा दहालले एक सुचना जारी गर्दे अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको र  ऊक्त ६ जना बाहेक आफुहरु सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराएकी छिन् ।

उनले अध्यक्षको सुरक्षामा अहोरात्र खटेका संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेकी  छिन् ।