११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीवार थप ३६० जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । आज (बिहीबार) नेपालमा जम्मा ३६० जनामा थप कोरोना संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।  हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।