७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएको हो । यी विधेयकहरू राष्ट्रियसभाले संशोधनबिना पारित गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकमा टेबुल गरियो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८०/२०८१) र मधेशी आयोगको छैठौँ वार्षिक प्रतिवेदन (२०८०/०८१) पेस गर्नुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।