११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौं उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । आज (बिहीवार) काठमाडौं उपत्यकामा मात्रै थप ८७ जना कोरोना भाइरस पुष्टि भएको छ । बिगत २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका हुन् ।

यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।