७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिवद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको बताउनु भयो ।

उहाँले आफैंले ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ रु भन्दै प्रश्न गर्नुभयो । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उहाँको भनाइ छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘काँग्रेस–कम्युनिष्टहरुको प्रतिवद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैं ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ रु अर्को, यो संविधान नै त्रुटीपूर्ण छ । संविधानलाई संशोधन गरेर पुनःलेखन गर्ने कुरा छ ।

संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ । जनताका चाहानाहरु र आवश्यकताहरु पुरा गरेमात्र व्यवस्थाको रक्षा गर्न सकिन्छ । प्रदेशहरुलाई समेत अधिकार सम्पन्न गर्न ढिलो गर्नु हुँदैन ।’

संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि राज्यका निकायहरुमा एउटै जाताजातीको हालिमुहाली रहेको अध्यक्ष यादवको भनाइ छ ।