१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला

राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाउनुभएको छ ।

सोमवार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले संसदभित्र राप्रपा सांसदहरुले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने समेत बताउनु भयो ।

उहाँले संविधानमा नलेखिएका शब्दहरु संसदको कल्चरमा नआउने स्पष्ट पार्नुभयो । उहाँले राजावादीको नाममा संविधानले नचिनेका शब्दहरु सदनभित्र मात्र नभई सदनबाहिर समेत कानून विपरित रहेको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘संविधानमा नलेखिएका शब्दहरु संसदका कल्चरहरुमा यस्ता विषयहरु आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरु हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानून विपरित कुरा हो ।’

उहाँले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने उहाँको भनाइ छ ।