१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

केही साताभित्र आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने डब्लूएचओको चेतावनी

केही साताभित्र आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने डब्लूएचओको चेतावनी
अ अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने चेतावनी दिएको छ।

डब्ल्यूएचओका डा। हान्स क्लगका अनुसार ओमिक्रोन ‘पश्चिमदेखि पूर्वसम्म छाल’को रूपमा युरोपमा फैलिरहेको छ। ओमिक्रोन सङ्क्रमणको गति डेल्टा भेरिअन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ सङ्क्रमणका आधारमा गरिएको हो।

गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको सङ्ख्या दोबरभन्दा बढी भएको छ।

‘सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिअन्टको लहरमा थपिएको ओमिक्रोन भेरिअन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ’, डा. क्लगले पत्रकार सम्मेलनमा भने।

उनले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै ‘आगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित हुने’ चेतावनी दिएका हुन्।

उनले भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एशियाली देशहरू सङ्क्रमणको ‘तीव्र दबाव’मा रहेको बताए।

‘अब कुन देशले यस परिस्थितिमा के गर्ने भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप वितरणको स्थिति र सामाजिक–आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्छ’ उनले थपे।

पछिल्ला अध्ययनहरूका अनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरिअन्टहरूको तुलनामा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम छ। तर यो अत्यधिक सङ्क्रामक भेरिअन्टले पूर्ण मात्रा खोप लगाए पनि सङ्क्रमित गर्न सक्छ।

यस भेरिअन्टको सङ्क्रमण दरले स्वास्थ्य प्रणालीमा तनाव सिर्जना गरेको छ।

यूकेमा धेरै अस्पतालहरूले कर्मचारीको अनुपस्थिति र कोभिड–१९ का कारण बढ्दो दबावका कारण स्थिति ‘गम्भीर’ भएको घोषणा गरेका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गत हप्ता ज्यानुअरी अस्पतालहरूका लागि कठिन बन्ने चेतावनी दिएका थिए।

उनले ओमिक्रोन बिरामीहरूले अस्पतालका सामान्य शय्या ओगटेको र डेल्टा भेरिअन्ट सङ्क्रमितहरू भने सघन उपचार कक्षसम्म पुगेका थिए।

पूर्वी युरोपस्थित पोल्यान्डमा महामारी सुरु भएदेखि हालसम्म सङ्क्रमणका कारण एक लाख मानिसको मृत्यु भएको जनाइएको छ।

त्यहाँ कोभिड–१९ का कारण भएको मृत्युदर विश्वको छैटौँ उच्च हो। त्यस देशका लगभग ४० प्रतिशत जनसङ्ख्याले खोप लगाएको छैन।

रुसकी स्वास्थ्य अधिकारी अन्ना पोपोभाले सरकारको कोरोनाभाइरस कार्यदललाई सङ्क्रमण नियन्त्रणका लागि कुनै कदम नउठाए देशको दैनिक सङ्क्रमण दर एक लाख पुग्न सक्ने बताएकी थिइन्।

समाचार संस्था रोएटर्सका अनुसार नोभेम्बर महिनाको सुरुमा पुष्टि भएको ४१,३३५ दैनिक सङ्क्रमण सङ्ख्या केही समययता घटिरहेको थियो।

पोपोभाका अनुसार देशभरका १३ क्षेत्रमा ३०५ जनामा ओमिक्रोन भेरिअन्ट देखिएको छ।

रुसमा कम्तीमा ३११,२८१ जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ र एक करोड पाँच लाख मानिसलाई सङ्क्रमण भइसकेको छ।

सोमवार फाइजरले ओमिक्रोनविरुद्ध विशेष सुरक्षा प्रदान गर्ने खोपको नयाँ संस्करण आउँदो मार्चमा सार्वजनिक गर्ने बताएको थियो।

विज्ञहरूले भने त्यसको उपयोगिताको महत्त्व स्पष्ट नभएको बताएका छन्। बीबीसी