१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन्ः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ?भन्दै प्रश्न गर्नुभयो । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेका छन् । इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोशिस गरिरहेका छन् । जो सम्भव छैन । के त्याग गरेको हुनाले, के तपस्या गरेको हुनाले, के योगदान गरेको हुनाले ? देश निर्माणमा के भुमिका खेलेको हुनाले, दमन गरेको हुनाले ?निरंकुशता लादेको हुनाले ? वंशको शासन चलाएको हुनाले, देशलाई गरिबी, बेरोजगारमा पिल्साएको हुनाले? के कारणले ? राम्रो काम गरेको त देखिँदैन । नराम्रो काम गर्नेलाई पुरस्कृत गर्नेकुरा अस्वीकार्य हुन्छ । कसैको भ्रममा नपर्नुस्, सत्य र तथ्यको कुरा बुझ्नुस् । इतिहास फेरि पछाडि फर्किन सक्दैन । अब संसार र नेपाली समाज सामन्तवादको युगमा फर्किन सक्दैन । कुनै परिवारको कोही दास बन्न चाहँदैन । कुनै परिवारको देशलाई पेवा गर्न चाहँदैन ।’

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न गर्नुभयो ।