१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग
अ अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ ।

विद्यार्थीको नतिजा प्रकाशन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गरिने निर्णयपछि अब शुल्क फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । विद्यार्थीसित सरकारले जम्मा छ सय रुपियाँ परीक्षा शुल्कबापत लिने गरेकोमा यसअघि नै एक सय रुपियाँ सम्बद्ध विद्यालयले राख्ने गरेको छ ।

यसैबीच शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई बिहीबार परिपत्र गर्दै शिक्षाका विषयमा मन्त्रिपरिषद्ले यसअघि गरेका निर्णयहरू कार्यान्वयन गराउन अनुरोध गरेको छ । विभागका निर्देशक गेहनाथ गौतमले सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई औपचारिक रूपमा जानकारी गराइएको बताउनुभयो ।

सरकारले भदौ १ बाट विद्यार्थी भर्ना लगायतका शैक्षिक गतिविधि अगाडि बढाउनुका साथै शिक्षकसमेत विद्यालयमा पुग्नुपर्ने निर्णय गरेको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।