१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम
अ अ+ अ-

विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ ।
विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताउनुभयो ।
अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् ।

सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन ।

नेपाल भारत बीचको खुल्ला सीमाना र बस्ती जोडिएको कारण सर्वसाधारणलगायत तस्करी गर्नेहरुको पनि सहजै आउजाउ हुने गरेको सुनसरीको देवानगञ्जका स्थानीय सज्जाद मियाँले बताउनुभयो । यसरी सीमा क्षेत्रबाट आफन्त भेटघाट गर्न आउजाउ गर्ने र चोरीपैठारी गर्नेहरुबाट समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने कुराबाट स्थानीयहरु त्रसित छन् ।

भारतमा आफन्त रहेका नेपाली तथा नेपालमा आफन्त रहेका भारतीय नागरिकहरु स्थानीय र सुरक्षाकर्मीहरुको आँखा छलेर वारिपारि गरिरहेका छन्, यसले स्थानीय क्षेत्रमा जोखिम बढाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं ८ का मो. यासिनले बताउनुभयो ।

‘केही दिनअघि मात्र लुकिछिपी वारिपारि गर्ने हाम्रै गाउँका एक जनाको कोरोनाकै कारण मृत्यु भयो । त्यसरी आउनेबाट समुदायमा कोरोना सर्ने हामीलाई एकदमै डर छ ’– मो यासिनले भन्नुभयो ।

त्यसो त कतिपय स्थानमा सुरक्षाकर्मीकै मिलेमतोमा पनि तस्करी हुने गरेको स्थानीयको आरोप छ । सीमामा जतिसुकै सिल गरे पनि तस्करले सामान वारिपारि गर्दै आएको स्थानीय ब्रम्हदेव साह बताउनुभयो ।

‘सुरक्षाकर्मीको मिलेमतो नभई अहिले सामान वारिपारि गर्न सम्भव छैन । कोरोनाकै मौका छोपेर पैसा कमाउन तस्करहरुले बिहान सबेरै र रातको समयमा सामान ओसारपसार गरिरहेका छन् ’– उहाँले भन्नुभयो ।

त्यस्तै, नेपालमा धानबालीका लागि आवश्यक मलखादको व्यवस्था नहुँदा पनि किसानहरु सीमापारि भारतीय बजारबाटै रासायनिक मल ल्याउन बाध्य भएको सुनवर्षी–८, सिक्टीका वडाध्यक्ष नुरुल मियाँले बताउनुभयो । ‘जसले तस्करी र गलत गतिविधि गर्छन् उनीहरुलाई कोरोनाले छाड्दैन । एक दिन आफै फेला पर्छन्’– उहाँले भन्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल ९बिओपी० चुनीमारीका इन्चार्ज झपिन्द्र बानियाँले बन्दाबन्दी खोलिएको केही दिन आउजाउ र मलखाद लगायतका सामान ओसारपसार भए पनि अहिले सबै क्षेत्रमा कडाइका साथ बन्द गरिएको दाबी गर्नुभयो । , समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।