१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

करको जानकारी एसएमएसबाटै

करको जानकारी एसएमएसबाटै
अ अ+ अ-

काठमाडौँ। करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ ।
विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महत्वपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया अघि बढाइएको हो । ‘कसैको ट्याक्सेसन भयो अथवा कर जम्मा भयो भने त्यसको पनि जानकारी एसएमएसबाटै दिन्छौँ’ उहाँले भन्नुभयो ।

कस्ता करदातालाई करबारे कस्तो सूचना दिने भन्ने विषयमा विभागले कार्यविधि बनाइरहेको छ । कार्यविधिअनुसार नै सफ्टवेयर प्रणाली विकास गरिने र यही आर्थिक वर्षभित्र एसएमएसबाटै जानकारी उपलब्ध गराउने तयारी भएको महानिर्देशक कुँवरले बताउनुभयो ।

कर प्रशासन र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरूप यस्तो सेवा उपलब्ध गराउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । विभागका अनुसार अहिलेसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको सङ्ख्या करिब दुई लाख ५७ हजार छ । त्यस्तै अन्तःशुल्कमाा दर्ता हुने करदाता करिब ९८ हजार छन् ।

अनलाइनबाटै पान
एसएमएसबाहेक विभागले व्यक्तिगत करदातालाई अनलाइनबाटै स्थायी लेखा नम्बर (पान) लिन सक्ने व्यवस्था पनि गर्दैछ । व्यक्तिगत करादातालाई पानकै लागि कर कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न घरमै बसेर लिन सकिने सुविधा उपलब्ध गराउन लागिएको महानिर्देशक कुँवरले जानकारी दिनुभयो । संस्थागत पान लिनेलाई भने तत्काल यो सुविधा उपलब्ध हुनेछैन ।

विभागले चालू आर्थिक वर्षको सुरुदेखि नै पानमा पहिलो पटक बायोमेट्रिक प्रणाली पनि सुरु गरिसकेको छ । करदाताको पहिचान र सहजताका लागि यस्तो प्रणाली सुरु गरिएको विभागले जनाएको छ । यो पनि व्यक्तिगत करदाताका लागि मात्र विभागले सुरु गरेको हो । यो सुविधा तत्काल काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा उपलब्ध छ । विभागले देशैभरका कर कार्यालयमा यो सुविधा विस्तार गर्ने जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७६ असार मसान्तसम्म करिब ३३ लाखले पान लिएका छन् । यसमध्ये १९ लाख ३० हजारले व्यक्तिगत पान लिएका छन् । १३ लाख ६६ हजारले व्यक्तिगत पान लिएको मन्त्रालयको तथ्याङ्क छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।