१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति?



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएकोबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल इमानदार नभएको आशय व्यक्त गर्नुभएको थियो ।

सांसद झाले मन्त्रीको चाप्लुसि गर्न कोही पनि कर्मचारी नआए सबैलाई हटाइदिने हो ?भन्दै प्रश्न समेत गर्नुभयो । कुनैपनि कर्मचारी, राज्यप्रति, उसको कर्तव्य र जिम्मेवारी तथा संस्थाको लक्ष्य प्राप्तमका निम्ति इमान्दार हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्री कर्मचारी मन्त्रीप्रति लोयल हुने कुरा गरेर जानुभयो । कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसि गर्नको लागि कोही कर्मचारी आउँछ ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे । राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, उ जे कार्यभार लिएको छ त्योप्रति, उसको संस्थामो लक्ष्यप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ । कुनैपनि मन्त्रीप्रति लोयल हुने कर्मचारी होइन ।’

उहाँले कुनैपनि कर्मचारी मन्त्रीप्रति लोयल हुने संस्कार छोड्न जरुरी रहेको समेत बताउनु भयो ।