७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पहिलोपटक नेकपा एसको कार्यालयमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुग्नुभएको छ ।

एमालेबाट अलग्गिएको नेकपा एसको कार्यालयमा प्रधानमन्त्री ओली पहिलोपटक पुग्नुभएको हो ।

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री ओली आलोकनगर पुग्नुभएको हो ।

त्यस क्रममा ओलीले नेकपा एसको कार्यालय पनि अवलोकन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

गत शुक्रबार राजावादी प्रदर्शनकारीले नेकपा एसको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । त्यसबाट कार्यालयमा क्षति पुगेको छ ।