• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

कीर्तिमानी आरोही निर्मल ‘निम्स’ पुर्जाको अर्को सफल आरोहण (फोटो फिचर)



काठमाडौ । मात्र ७ महिनामा विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमालको आरोहण गरेका नेपाली आरोही निर्मल ‘निम्स’ पुर्जाले कतारी महिला शेख आश्मा अल थानीलाई अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको आरोहण गराएका छन् । 

निम्सको मार्गदर्शनमा अल थानी अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्ने पहिलो कतारी महिला बनेकी छन् । साथै उनी दक्षिणी तथा उत्तरी दुवै  ध्रुबमा स्की गर्ने पहिलो अरब र कतारी महिलासमेत भएकी छन् । 

त्यस्तै कर्मा तेन्जिङसमेत माउन्ट भिन्सन आरोहण गर्ने र दक्षिणी ध्रवमा स्की गर्ने पहिलो नेपाली बनेका छन् । अन्टार्कटिकाको भ्रमणबाट फर्किँदै निम्सले भनेका छन्, “शाब्दिकरुपमा भर्खरै अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन र दक्षिणी ध्रुव (अन्तिम डिग्री) मा स्कीइङ गाइडिङ गरेर फर्किएँ । अन्टार्कटिकाको यो लामो साहसिक यात्रामा अल थानी र कर्मा तेन्जिङलाई मार्गदर्शन गर्न पाउँदा मलाई खुशी लागेको छ ।”

उनले अल थानी र कर्मा तेन्जिङलाई कीर्तिमान कायम गरेकामा बधाई समेत दिँदै भनेका छन्, “अल थानीलाई बधाई छ दक्षिणी ध्रुवमा स्की गर्ने र माउन्ट भिन्सन चढ्ने पहलो कतारी महिला र साथै दक्षिणी उत्तरी ध्रुवमा स्की गर्ने पहिलो अरब महिला र कतारी भएकामा, कर्मा तेन्जिङ भाइलाई माउन्ट भिन्सन चढ्ने र दक्षिणी ध्रुवमा स्की गर्ने पहिलो नेपाली भएकामा पनि बधाई ।