१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्योः काँग्रेस महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताउनु भयो । उहाँले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ति गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन रु सभामुखले समय दिनुभयो किन रु प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन रु तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौं किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्दै फैसला चाहन्छु भन्छन् ।’

उहाँले फरक प्रसंगमा बोल्दै राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गर्नुभयो । उहाँले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भयो । जनतामा रहेका निराशाहरु लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरु हल गर्दै जानुपर्ने बताउनु भयो ।