२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँको माकलबारीमा एक लाख लेनदेनमा विवाद हुँदा एक युवकको हत्या भएको छ ।

गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

चैत ११ देखि सम्पर्कबिहीन रहेका साहको शव चैत १५ मा वर्कसप पछाडिको जमिनका गाडेको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले वर्कसप सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्कशप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय बिजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा छन् ।

एक लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

ग्यारेज सञ्चालक मण्डलसँग रकम लिन पुगेका साहलाई पैसा दिन आनाकानी गरेपछि विवाद सुरु भएको बताईएको छ ।सोहिक्रममा मण्डलसहितले उनको हत्या गरेको पाईएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।