२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँको माकलबारीमा एक लाख लेनदेनमा विवाद हुँदा एक युवकको हत्या भएको छ ।

गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

चैत ११ देखि सम्पर्कबिहीन रहेका साहको शव चैत १५ मा वर्कसप पछाडिको जमिनका गाडेको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले वर्कसप सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्कशप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय बिजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा छन् ।

एक लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

ग्यारेज सञ्चालक मण्डलसँग रकम लिन पुगेका साहलाई पैसा दिन आनाकानी गरेपछि विवाद सुरु भएको बताईएको छ ।सोहिक्रममा मण्डलसहितले उनको हत्या गरेको पाईएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।