१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा
अ अ+ अ-

काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत)को मृत्यु भएको छ।

‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो। त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ। जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो।’

वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ। ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु भए पनि अन्य उमेरसमूहभन्दा यो उच्च मृत्युदर हो। ६० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्यलाई ख्याल गर्दा मानवअधिकारभन्दा पनि जनस्वास्थ्य अधिकारका दृष्टिले पनि हेरिनुपर्छ’, डा. तिवारीले भने, ‘यो उमेरसमूहमा मृत्युदर अधिक छ। सरकार र नागरिकले विशेष रूपमा ध्यान दिन जरुरी छ।’ लक्षणसहितको संक्रमितबाट वृद्धवृद्धामा रोग स¥यो भने त्यसले मृत्युदर अझ बढाउने उनको भनाइ छ।

६१ वर्षमाथिको समूहमा संक्रमण न्यून देखिन्छ। तर, मृत्युदर बढी छ। ६१ देखि ७० वर्ष समूहमा ११ जनाको ज्यान गएको छ। यो समूहमा ३ सय १० जना संक्रमित छन्। यो झन्डै ३.२३ प्रतिशत हो। ७१ देखि ८० वर्षसम्मका ५ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा ९४ जना संक्रमित छन्। मृत्युदर ३.१९ प्रतिशत हो।

संक्रमितको संख्याका दृष्टिले ६० भन्दा कम उमेर समूहका व्यक्ति धेरै छन्। डा। तिवारीका अनुसार चलायमान उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमण बढी देखिएको हो। यो समूहका व्यक्ति चलायमान हुने हुँदा संक्रमण र मृत्यु संख्यात्मक रूपमा बढी देखिएको उनको भनाइ छ।

२१ देखि ३० वर्षसम्मका झन्डै ९ हजार संक्रमित छन्। यीमध्ये ७ जना (०.०८ प्रतिशत)को ज्यान गएको छ। यसैगरी ३१ देखि ४० वर्षसम्मका ५ हजार संक्रमित छन्। यीमध्ये ६ जना (०.१२ प्रतिशत)को मृत्यु भएको छ। ४१ देखि ५० वर्षसम्मका संक्रमितमध्ये १८ जना (०.६२)को ज्यान गएको छ। यो समूहका संक्रमितको संख्या २ हजार २ सय ६४ छ। ५१ देखि ६० वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ। यो समूहमा ८ सय ७९ जना संक्रमित छन्। यो मृत्युदर १.२५ प्रतिशत हो। ११ देखि २० वर्षसम्मका ३ हजार २ सय ३९ संक्रमित छन्। यीमध्ये २ जना (०.०३ प्रतिशत)को ज्यान गएको छ।

कोरोना समुदायमा फैलिएको अवस्थामा स्थिति भयावह हुने विज्ञको भनाइ छ। जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसार कोरोना संक्रमण समुदायको तहमा फैलिसकेको छैन। ‘अहिलेको संक्रमण केही केही ठाउँमा फैलिएको हो, जुन क्षेत्रका रूपमा देखिएको छ’, डा. दीक्षितले भने।

नेपालमा संक्रमणको पछिल्लो अवस्थालाई विश्वका अन्य मुलुकसँग तुलना गर्दा मृत्युदर न्यून छ। हालसम्म २१ हजार ७ सय ५० जनामा संक्रमण भइसकेको छ। जसमध्ये ६५ जनाको ज्यान गएको छ। यो ०.३ प्रतिशत हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रति १० लाख जनसंख्यामा मृत्यु २.२३ प्रतिशत छ। कोरोनाबाट मुक्त हुनेको दर भने ७०.५७ प्रतिशत छ।

डा. तिवारीका अनुसार वृद्धवृद्धामा कोरोना संक्रमण भएको अवस्थामा यसले धेरैको ज्यान लिन सक्छ। ‘छिमेकी मुलुक र विश्वको परिवेशमा तुलना गर्दा नेपालको मृत्युदर कम देखिन्छ। तर, नेपालकै तथ्यांक हेर्ने हो भने ६० वर्षमाथिका वृद्धवृद्धामा ध्यान दिनुपर्ने जरुरी छ। सबै उमेरसमूहमा संक्रमण भए पनि बालबालिकालाई अझ बढी ध्यान दिनुपर्ने अवस्था देखिएको छ’, उनले भने।

दीर्घरोगको मार

चिकित्सकका अनुसार दीर्घ रोगबाट ग्रसित भई औषधि सेवन गरिरहेका धेरै व्यक्तिको कोरोनाबाट ज्यान गएको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘निमोनिया,मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलाका बिरामी भई उपचार गरिरहेका व्यक्तिको बढी मृत्यु भएको छ।’

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले निमोनिया, मधुमेह, मुटु, क्षयरोग, मिर्गौला, क्यान्सर, क्षयरोग,दमका बिरामीको मृत्यु भएको जानकारी दिए। यीमध्ये पनि अधिकांश मिर्गौलाका बिरामी छन्। दोस्रोमा निमोनिया, तेस्रोमा मधुमेहका बिरामी छन्। त्यस्तै,मुटु, क्षयरोग र क्यान्सरका बिरामीको पनि मृत्यु भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले धेरैजसो कोमर्बिडिटीका बिरामी मृत्युको मुखमा पुग्ने गरेको बताए।फोक्सोको समस्या भएका, ट्युमर भएका, अंग प्रत्यारोपण गरेका व्यक्ति पनि कोरोना संक्रमणको जोखिममा छन्। यस्ता व्यक्तिको मृत्युदर हुन सक्ने सम्भावना रहन्छ। डा. राजभण्डारीले भने, ‘जोसँग रोगविरुद्ध लड्ने क्षमता हुँदैन। त्यस्ता व्यक्तिहरू जोखिम समूहमा पर्छन्।’

उनका अनुसार झाडाबान्ता भएका व्यक्तिले पनि कोरोनाका कारण ज्यान गुमाएका छन्। ‘संक्रमितमा झाडाबान्ता भएको छ भने पनि सजग हुनुपर्छ। मिर्गौला बिग्रेर भएर मर्न सक्छन्’, उनले भने। बाँकेको क्वारेन्टाइनमा ज्यान गुमाएका युवामा लामो समय झाडाबान्ताको समस्या भएको थियो। उपचार अभावमा उनको ज्यान गएको थियो।

डा. गौतमले भने, ‘सावधानी अपनाउने जिम्मेवारी आफ्नै हो। अत्यावश्यक काम नभई घरबाहिर ननिस्कौं। एक व्यक्तिको मुखबाट निस्कने छिटा अर्कोमा पर्न सक्छ। कुराकानी पनि मास्कभित्रबाटै गरौं। मास्कलाई दैनिक अनिवार्य चाहिने सूचीमा राखौं। ’

पूर्वाधार अभाव

पछिल्लो समय काठमाडौंमा संक्रमणदर बढेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा एकैदिन ८७ जनामा संक्रमण पाइएको छ। ‘काठमाडौं उपत्यकालगायत घना बस्तीमा संक्रमणमा वृद्धि भइरहेकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना छ’, डा। गौतमले भने।

कोरोनाको उपचार पत्ता नलागेकाले औषधि, अक्सिजन र भेन्टिलेटरले सहयोग मात्र गर्ने उनको भनाइ छ। ‘संक्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैन। स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छन्’, उनले भने।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।