२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम धर्मावलम्वीहरुको ईद–उल–फित्र (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । मुस्लिम धर्मावलम्वीहरुले आज इद उल फित्र मनाएका छन् ।

आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । काठमाडौंको जामे मस्जिद, टुँडिखेलमा नमाज अदा गरेर इद उल फित्र मनाइरहेका छन् । देशभरका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट गरी इद उल फित्र मनाइरहेका छन् ।

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभुति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

हेरौँ तस्बिरहरूः