
काठमाडौँ । राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणाको रिहाईको माग गर्दै देशभर मसाल जुलुस निकालेको छ ।
मिश्र र राणाविरुद्ध राज्यद्रोहको मुद्दा चलाउन लागिएपछि उनीहरु विरोधमा उत्रिएका हुन् । राप्रपाका नेता कार्यकर्ताहरुले काठमाडौँ लगायत देशका बिभन्न ठाउँमा मसाल जुलुस निकालेको छ ।
मिश्र र राणालाई शुक्रबारको प्रदर्शनपछि प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पक्राउ परेका सबैलाई २४ घण्टाभित्र रिहा राप्रपाले अल्टिमेटम दिएको थियो । तर आइतबार उनीहरुलाई अदालत पेस गरी ४ दिनको म्याद थप गरिएको छ ।