२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस



डिल्लीराज भट्ट / फाइल फोटो
अ+ अ-

गण्डकी।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आदिवासी जनजाति आयोगले पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

आज प्रदेश प्रमुखसमक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टल आदिवासी जनजातिका अधिकार संरक्षण तथा सशक्तीकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव दिनुभयो ।

उहाँले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकाले त्यसलाई प्रभावकारी रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो ।

प्रतिवेदन मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेशसभामा पठाइने र त्यहाँ सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारबाही थप सबल र सशक्त बनाउन योगदान पुग्ने प्रदेश प्रमुख भट्टको विश्वास थियो ।

आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र अधिकारको संरक्षण तथा प्रथा परम्परालगायत क्षेत्रमा गरिएका कामहरू समावेश छन् । रासस