१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्न्ेहरुले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको बताउनु भयो । उहाँले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको बताउनु भयो । उहाँले देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘राजावादी मानिसहरुले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरुले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ । घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ, तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो चरित्र ।’

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गर्नुभयो ।