२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.28

Wind: 1.54

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापति लामिछाने सहभागी हुने कार्यसूची तय भएको छ ।

सभापति लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

पुस ८ मा बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

सहकारीको रकम अपचलनको मुद्धामा २ कात्तिकमा पक्राउ परेपछि र अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।