१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापति लामिछाने सहभागी हुने कार्यसूची तय भएको छ ।

सभापति लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

पुस ८ मा बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

सहकारीको रकम अपचलनको मुद्धामा २ कात्तिकमा पक्राउ परेपछि र अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।