१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानूनसम्मत दण्डित गर्न आग्रह



अ+ अ-

काठमाडौँ । विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामानै समावेश गर्न आग्रहसहित २०८१ चैत्र १७ गते जलवायु संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

जलवायु न्याय केन्द्रीत विशेष अभियान अन्तर्गत समाजको केन्द्रीय कार्यालयस्थित सभाकक्ष वाग्मतीनगरमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह विषयक जलवायु संवाद कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालको संविधान लागू भएको एक दशक वित्न लागेको सन्दर्भमा संविधानका कमी कमजोरीबारे पुनरावलोकन स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै अवको संसोधनमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारा प्रस्तावनामानै समावेश हुनुपर्नेमा जोड दिनुभयो ।

नागरिक सर्वोच्चता र स्वतन्त्रतानै लोकतन्त्रको प्राण भएको हुँदा नेपालमा अब राजतन्त्रको पुर्नस्थापना असंभव भएको उल्लेख गर्दै पहाडीले राजतन्त्र पुर्नस्थापनाको माग गर्नेहरु सभ्यता र स्वतन्त्रता विरोधी भएको बताउनुभयो । प्रमुख राजनीतिक दलका नेताहरुप्रतिको वितृष्णालाई लोकतन्त्र विरोधी पूर्व राजावादीहरुले भजाउन खोजेकोतर्फ इंगित गर्दै पहाडीले प्रमुख दलहरुको कमजोरीकै कारण युवा पुस्ता निराश हुँदै गएको उल्लेख गर्नुभयो ।

चैत्र १५ गते पूर्व राजावादीहरुको मोर्चाले काठमाण्डौमा मच्चाएको लुटपाट, तोडफोड र आगजनी जस्ता नियोजित आपराधिक कृत्यका सुत्रधार पूर्व राजा ज्ञानेन्द्र शाहलाई कानून सम्मत कारवाही एवं दण्डित गर्न आग्रह गर्दै पहाडीले पूर्व राजा ज्ञानेन्द्रलाई कारबाही नभएमा अराजकता र हिंसाले बढावा पाउने आशंका व्यक्त गर्नुभयो ।

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव तथा जैवीक विविधता तथा पारिस्थितिकिय प्रणाली सम्बन्धी अन्तर सरकारी मञ्चका उपाध्यक्ष डा। विश्वनाथ ओली, जलवायु तथा प्राकृति स्रोत व्यवस्थापन विज्ञ सन्तोषमणी नेपाल, नीति कानून तथा योजना विद प्रताप पौडेल, शान्ति समाजका सल्लाहकार तथा निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कोषाध्यक्ष चन्द्रमणी बञ्जाराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

शान्ति समाजले शुरु गरेको जलवायु न्याय केन्द्रीत विशेष अभियानका क्रममा चैत्र १७ गते समाजका अछाम, तेह्रथुम, रुपन्देही, सल्यान, चितवन, सुर्खेत, इलाम लगायत आधा दर्जन बढी शाखाहरुले जलवायु संवाद कार्यक्रम सम्पन्न गरेका छन् ।