१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा

अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा
अ अ+ अ-

काठमाडौँ । स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रवार राजवादीको निशानामा पर्यो । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ ।

कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन गराई सो जडीबुटीहरु प्रशोधन गरी स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउँदै आएको थियो । त्यति मात्रै नभई उसले विदेशी बजारमा निकाशी गरी रोजगारी सिर्जना गर्दै आएको छ । नेपाल सरकारको राजश्वमा टेवा पुर्याउँदै आएको उद्योगमा राजावादीहरुले आगजानी गर्दा ठूलो क्षति पुगेको कम्पनीकी कार्यकारी निर्देशक संगीता यादवले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘दुई वटा भवन जलेका छन्, गाडीहरुमा आगो लगाइएको छ, अहिले उत्पादन गर्नसक्ने अवस्था छैन ।’

उहाँकाअनुसार आगजनीका कारण कारखाना प्लान्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ । दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुईवटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीले जलाएका छन् ।

आगजनीका कारण औषधि उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चापदार्थ, उत्पादन पश्चात प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ ।

विगत ४२ वर्षदेखि कोरा जडीबुटीहरु तथा उब्जनी गरिएका बीज बिरुवाहरु उक्त कम्पनीले निर्धारित गरेको मूल्यमा खरिद विक्री गर्ने तथा औषधिको आवश्यकता पूरा गर्न देशका विद्यमान वनस्पतिका श्रोत परिचालन समेत गर्ने गरेको छ । कम्पनीले मुख्यतयः सन्चो, हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको छ ।

लामो समयदेखि नेपाली बजारमा सन्चोको विक्री ५ मि।लि को सिसिमा भइरहेकोमा यस कम्पनीले बजारको माग र नागरिकको आवश्यकता समेतलाई सम्बोधन गरेको यादवको भनाई छ । आ.व. २०८०/८१ बाट सिसिको मात्रा बढाइ १० मि.लि. को सिसि बजारमा भित्राइसकेको थियो । कम्पनीको केन्द्रिय कार्यालयले हाल उत्पादित सन्चोको फिलिङ्ग र प्याकेजिङ्गको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको थियो ।

हाडजोर्नी दुखेको, ज्वरो, रोघाखोकी, घाटी दुखेको, नाक बन्द भएको जस्ता समस्याको प्राथमिक रोकथाम र उपचारको लागि विश्वासिलो र भरपर्दो औषधिको रुपमा रहेको सन्चो परम्परागत हाते प्रविधिबाट फिलिङ्ग र प्याकेजिङ्ग भइरहेकोमा आधुनिक प्रविधिको विकाससँगै अत्याधुनिक उत्पादन भवन र मेसिनको प्रयोग गरी स्वाचालित प्रविधिबाट आफ्ना उत्पादनहरु बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको बेला तिनै भवन राजावादीको निशानामा परेको छ । यसले सफलताको यात्रामा तत्काललाई ब्रेक लागेको छ ।