२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 1.03

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

चैते दसैँका लागि त्रिशूली देवी मन्दिर खुला



अ+ अ-

जलेश्वर । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैत दसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदसैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताउनुभयो ।

उक्त मन्दिरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् ।

दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरु पुनःवर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।