२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 1.03

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी रुपमा भण्डाफो र विरोध गर्ने निर्णय गरेको हो ।

आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही माग गर्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकले अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर गरेको छ । उहाँले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गर्नुभयो । उहाँले सञ्चार गृहमाथि आक्रमण गरेर प्रस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्र्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताउनु भयो ।

बैठकका निर्णय सुनाउँदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी)को काठमाडौं आलोकनगरस्थित केन्द्रिय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरूद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’

सरकारले उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको कारण भौतिक क्षति भएको समेत पार्टीको ठहर छ ।