१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग

तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग
photo: rss
अ अ+ अ-

काठमाडौँ । चैत्र १५ गतेको तीनकुने प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन् । संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार विपरित गइ जनधनको क्षति भएकोप्रति सरकार ग्म्भीर बन्नुपर्ने धारणा राखेका छन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद छविलाल विश्वकर्माले तीनकुनेको घटना क्षम्य नभएको बताउनु भयो । उहाँले घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुने बताउनु भयो । सरकार र प्रहरी प्रशासनले आफ्ना संयन्त्रहरुको आधारमा आवश्यक जानकारी लिन नसक्दा क्षति व्यहोर्नुपरेको भन्दै आगामी दिनमा यसबाट शिक्षा लिएर सचेत हुनुपर्ने बताउनु भयो । सरकारले विमानस्थल जस्तो संवेदनशील क्षेत्र वरपर आन्दोलन गर्न स्थान दिनु नहुनेमा सरकार चुकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत चैत्र १५ गते जे भयो, जस्तो भयो, यो विषयमा यो समितिको पनि ध्यान आकर्षित हुनुपर्छ । जुन खालको अराजकता, उदण्डता, यसको पनि पराकाष्ठा त्यो हदसम्मको गतिविधि भयो । दुई जनाको ज्यान गयो । अनेकन व्यवसायिक प्रतिष्ठान, कार्यालय, निजी घरहरु तोडफोड भए । लुट मच्चियो । यसले सिंगै नेपाली समाजलाई लज्जित बनाएको छ । संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न पाउने, आफ्ना कुरा राख्न पाउने कुराहरु छँदैछन्, भइरहेको छ । त्यही दिन अर्को ठाउँमा भएको कार्यक्रममा त त्यस्तो केही भएन । शान्तिपूर्ण आफ्ना विचार प्रश्तुत भए । तीनकुनेमा भएको त्यस्तो घटना क्षम्य हुने खालको भएन । त्यो अराजकता, उदण्डता, कानून, संविधान विपरितका कामले दुई जना होनहार नागरिकको ज्यान गएको छ । घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । सरकारले, प्रहरी, प्रशासनले आफ्ना संयन्त्रहरुको आधारमा पनि के हुँदैछ भन्ने अनुमान गर्नु पर्दैन । त्यसमा त्रुटी भयो । सरकारका तर्फबाट पनि यस चिजमा जति ध्यान दिनुपर्ने थियो, त्यो भएन । यस किसिमको घटनाको आँकलन गरेर त्यो क्षेत्र दिनु हुँदैन थियो । यसलाई सरकारले शिक्षाका रुपमा लिनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा ९माओवादी केन्द्र० की सांसद ज्ञानु बस्नेत सुवेदीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाप्रति खेद प्रकट गर्नुभयो । उहाँले घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ गते तीनकुनेमा जुन खालको दुखद् घटना भएको छ, त्यसप्रति खेद प्रकट गर्न चाहन्छु । पत्रकारलाई जिउँदै जलाउने काम भएको छ । सँगै कीर्तिपुरका एक युवाको निधन भएको छ । उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली दिन चाहन्छु । परिवारजनमा समवेदन प्रकट गर्दछु । जुन खालको उदण्ड घटना भएको छ । त्यसमा संलग्नलाई कडा भन्दा कडा कानूनी कारबाहीको दायरामा ल्याइयोस् ।’

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोषिमा कार्कीले चैत्र १५ गतेको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिनुका साथै युवाहरुको देशमा बस्ने वातावरण समेत बिथोलिएको बताउनु भयो । उहाँले जीवन नै सकिने गरी भएका घटनाको बिरोध गर्दै आगामी दिनमा त्यसो हुन नदिन सचेत रहनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ गते जुन घटना भयो । यसमा समितिको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्छ । समितिमार्फत संसदको ध्यानाकर्षण गराउनुपर्छ । दुई पक्षीय जुन आन्दोलन भएको थियो, गणतन्त्रवादी र गणतन्त्रको व्यवस्थाकाबिरुद्धमा भनेर, व्यवस्था नै उल्ट्याउँछौँ भनेर आन्दोलन भइरहेकोमा एउटा व्यक्तिको जीवन नै जल्नेगरी घटना भएको छ । मान्छे नै जिउँदै जलाउने गरी घटना घटेको छ, यसबाट शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिएको छ । युवाहरुले देशमा बस्ने वातावरण बिथोलिएको छ । सरकारको नेतृत्व असफल भएको हो की रु झक्झक्याउनुपर्ने भएको हो की रु दुर्घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’

सांसद कार्कीले सरकारको नेतृत्व असफल भएको आशंका व्यक्त गर्दै सरकारलाई झक्झक्याउन जरुरी रहेको बताउनु भयो । उहाँले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।