२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 1.03

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको स्पष्टिकरणः म भागेको छैन, गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ



अ+ अ-

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै प्रसाईंले आफ्नो हत्या गर्न खोजिएको भन्दै काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको बताएका छन् ।

प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएपछि आफू सुरक्षित बसेको बताए । ‘प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु ।’ उनले भिडियोमा भनेका छन् ।

‘माओवादीको सभामा ३ हजार मान्छे आए, हाम्रा मान्छे बढी हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन दिएनन् । जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाए । म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुश्मनी होइन । पर्न गएको चोटमा क्षमा चाहन्छु ।’ उनले भनेका छन् ।

‘दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षितमात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु ।’ प्रसाईंले भने ।