
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी सरकारको नजरबन्दमा परेसँगै सुवेदीले जनआन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएका हुन् ।
‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ ।’ सुवेदीले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ‘आन्दोलन निरन्तर राख्ख सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’