२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिनुभएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको हो ।

आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताउनु भयो । उहाँले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गर्नुभयो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘हिजो बिदाको दिन भयो । त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरुले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि श्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला । मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो । तर मैले विश्वविद्यालयमै जानकारी लिनेकुरा रहन्छ । सहकुलपतिले निर्देशन दिनसक्ने भन्ने मात्रै हो । अरु कुराको सबै जानकारी लिने मात्रै हो । जानकारी अनौपचारिक हिसवाले लिन पाइयो । तर औपचारिक हिसावले कुनैपनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिन । अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि यहाँहरुलाई पुनः जानकारी गरोन प्रतिवद्धता जनाउँछु ।’

उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिनुभएको थियो । उहाँले बिरामीको कारण देखाउँदै राजीनामा दिनुभएको हो ।