११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना परिक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन



अ+ अ-

काठमाडौं । आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको हो ।

प्रेस सल्लाहकार सूर्य थापा र प्रधानमन्त्रीसंगै सम्पर्कमा भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो । बिहीबार प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते यादवको बालुवाटारमा भेट भएको थियो ।