११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालका थप १ चिकित्सकलाई देखियो कोरोना



अ+ अ-

काठमाडौं । शुक्रबार वीर अस्पतालमा कार्यरत १ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको हो  । 

अस्पतालका चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको निर्देशक डाक्टर सेञ्चुरीले बताएका छन् । यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको थियो । 

वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।