११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाभित्र बढि कोरोना प्रभावित क्षेत्र सिल गरिँदै, न्युरोड र टेकु पहिलो चरणमा



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रभावित क्षेत्रलाई हेरेर सिल गर्ने निर्णय गरेको छ। आज भएको बैठकमा उपत्यकाभित्र कोरोना संक्रमितको सङख्यालाई नियाँल्दै बढि प्रभावित क्षेत्रहरुलाई सिल गर्ने निर्णय भएको हो । 

निर्णयअनुसार नै काठमाडौंको न्युरोड र टेकु क्षेत्र आजबाट सिल गर्ने तयारी गरिएको छ। शुक्रवार न्युरोडका दुई जना कपडा व्यपारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यआवश्यकबाहेक अन्य सेवा पनि बन्द हुने भएको छ। आज मात्रै काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज नेपालमा थप ४६४ जना कोरोना संक्रमित थपिँदै संक्रमितको जम्मा संख्या २२ हजार २१४ पुगेको छ ।