१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

युवा बढी संक्रमित, किन ?

युवा बढी संक्रमित, किन ?
अ अ+ अ-

काठमाडौं । युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २.१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ।

६० वर्षमुनिका व्यक्ति बढी संक्रमित भएको जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीको भनाइ छ। ‘यो उमेरका व्यक्तिहरू धेरै चलायमान हुन्छन्। त्यसैले बढी संक्रमित भएका छन्’, डा. तिवारीले भने, ‘युवा उमेरसमूहमा बढी संक्रमित भेटिए भन्दैमा ६० वर्षमाथिको समूह जोखिममा परेको छैन भन्न मिल्दैन। संक्रमण युवा समूहमा बढी देखिए पनि मृत्युदर वृद्धवृद्धामा बढी छ।’

११ देखि २० वर्ष उमेरमा संक्रमण १५.४ प्रतिशत छ। ६१ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिक १।५ प्रतिशत संक्रमित छन्। त्यस्तै ७१ वर्षभन्दा माथिका संक्रमित एक प्रतिशतभन्दा पनि न्यून छन्। डा. तिवारीका अनुसार चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ। यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुन्छ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले घरमा बसिरहन नरुचाउने भएकाले युवा बढी संक्रमित हुन पुगेको बताए। क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिँड्ने युवामा संक्रमणको दर हेर्नुपर्ने उनको भनाइ छ। ‘ क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो भने नियन्त्रण गर्न खासै गाह्रो हुँदैन’, उनले भने, ‘बाहिर बजारमा डुलिहिँड्ने युवा समूहमा संक्रमण देखिएको हो भने समुदायमा फैलने जोखिम हुन्छ। कोरोना नियन्त्रण गर्न पनि कठिन हुन्छ।’

एकापसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञको भनाइ छ। यस्तै, असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलनमा सहयोग पुगेको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही देखिएको डा. तिवारीको भनाइ छ। ‘मास्क नलगाएको र भौतिक दूरी कायम नगरेको पो हो कि ? जनस्वास्थ्यको मापदण्ड पालना नगरेको पो हो कि ? ’, उनले प्रश्न गरे।

युवामा कोरोना संक्रमण भए पनि सञ्चो भइहाल्छ भन्ने सोच हावी देखिएको डा. प्याकुरेलको भनाइ छ। ‘लकडाउन उल्लंघन गर्ने, पास दुरुपयोग गर्ने, सुरक्षात्मक मापदण्ड प्रयोग नगर्ने प्रवृत्ति छ’, उनले भने, ‘लक्षण पनि देखिएको छैन भने आफू संक्रमित भएको थाहै पाउँदैनन्। झन् धेरैलाई कोरोना भाइरस सार्ने जोखिम हुन्छ।’

डा. गौतमले पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिमा संक्रमण बढी देखिएको सुनाए। ‘पछिल्लो समय लकडाउन खुकुलो भइसकेपछि स्थानीयस्तरमा संक्रमण देखिन थालेको छ’, उनले भने। काठमाडौं उपत्यकामा केही दिनदेखि संक्रमितको संख्या बढ्दो छ। शुक्रबार १ सय ६ जना संक्रमित थपिएका छन्। साउन पहिलो सातापछि काठमाडौं उपत्यकामा लक्षणसहितका संक्रमित फेला परेका छन्। उनका अनुसार पछिल्लो साता लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।