१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

निगमलाई किस्ता तिर्नै सकस

निगमलाई किस्ता तिर्नै सकस
अ अ+ अ-

काठमाडौँ  । कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।

पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन । अझै थप केही दुई÷तीनवटा किस्ता समयमै तिर्न नसकिने अवस्थाबाट समेत ध्वजावाहक गुज्रिएको छ ।

उडान नहुँदा किस्ता तिर्नै समस्या भएपछि निगमले अर्थ मन्त्रालयसमक्ष पाँचवटा जति किस्ता भुक्तान गरिदिनसमेत प्रस्ताव गरेको छ । निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने किस्ता सरकारले लिएर त्यसबाट निगममा स्वामित्व बढाओस् भन्ने ढङ्गबाट मन्त्रालयमा प्रस्ताव लगिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताउनुभयो ।

सरकारले केही किस्ता तिरिदिए त्यसपछि आफ्नै आम्दानीबाट तिर्नसक्ने अवस्था रहने उहाँले बताउनुभयो । तत्कालका लागि हाम्रा ‘डिफल्ट’ किस्ताहरू चाहिँ नेपाल सरकारले आफ्नो हिस्सामा लिएर आफ्नो ‘इक्विटी’ निगममा बढाओस् भन्ने चाहेको हो, उहाँले भन्नुभयो ।

जहाज खरिदसहित सरकार तथा अन्य निकायबाट समेत गरेर निगमले ३७ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । यसमध्ये ठूलो रकम जहाज खरिदकै छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका एयर बस कम्पनीका दुई थान न्यारोबडी (ए ३२०) जहाज र पछिल्लोपटक थपिएका एयर बसकै दुई थान वाइडबडी जहाज (ए ३३०) गरी निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब ३४ अर्ब रुपियाँ ऋण लिएको थियो ।

न्यारोबडी जहाजका लागि निगमले सञ्चय कोषबाट वार्षिक १०.५० प्रतिशत ब्याज दरमा आठ अर्ब ८७ करोड १६ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले न्यारोबडी जहाजको वार्षिक ब्याज दायित्व मात्रै ९३ करोड १५ लाख रुपियाँ हुन आउँछ । सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता ११ करोड रुपियाँ न्यारोबडीकै ऋणबापत बुझाउनुपर्ने दायित्व निगमको छ ।

वाइडबडी जहाजका लागि सञ्चय कोषसँगै १०.५० प्रतिशत ब्याजमा निगमले ११ अर्ब ९९ करोड ६१ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले वार्षिक ब्याज नै एक अर्ब २५ करोड रुपियाँ हुन आउँछ । त्यस्तै अर्को वाइडबडी जहाजका लागि नागरिक लगानी कोषसँग वार्षिक १०.५० प्रतिशत ब्याजमा १२ अर्ब रुपियाँ ऋण लिएको थियो जसको वार्षिक ब्याज एक अर्ब २६ करोड रुपियाँ हुन आउँछ । यी दुवै वाइडबडी जहाजको सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता करिब २१ करोड रुपियाँ हुन आउँछ तर निगमले त्रैमासिक रूपमा किस्ता बुझाउँदै आएको छ ।

निगमले पछिल्लोपटक गत पुसमा वाइडबडीको किस्ताबापत ६६ करोड ५५ लाख ९९ हजार र न्यारोबडीको ३४ करोड ८५ लाख रुपियाँ गरी एक अर्ब एक करोड ४१ लाख रुपियाँ किस्ता भुक्तान गरेको थियो । निगमको समग्र ऋणबापत वार्षिक साढे तीन अर्ब रुपियाँभन्दा बढी ब्याज दायित्व रहेको अवस्था छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।